कामना सेवा विकास बैंकको दुई नयाँ शाखा बिस्तार

१५ असार २०७८, मंगलवार १९:०४

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौँ महानगरपालिका वडा नं १५ स्थित स्वयम्भूमा र भक्तपुर जिल्लाको भक्तपुर महानगरपालिका वडा न. सात स्थितमा १२६ औँ र १२७ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

आज नेपाल सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ मापदण्ड भित्र रहि बैंकका संचालक बिश्वव्श्रेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायत कर्मचारीको उपस्थित थिए भने सञ्चालकहरुको भ्युचुअल उपस्थिति रहेको बैंकले जनाएको छ ।

बस्नेतले यसै अवसरमा बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीति बारेमा बताउदै बैंक व्यवसाय विस्तारको क्रममा समय सापेक्ष चप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्चालन मार्फत आफ्ना ग्राहकलाई उच्च स्तरको बैकिङ्ग सेवा दिने रणनीति रहेको जनाए । अहिले कामना सेवा विकास बैंकको देशभरीमा १२७ शाखा, एक विस्तारीत काउन्टर र ६६ वटा एटिएम मार्फत सेवा दिदै आएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*