नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन

१६ असार २०७८, बुधबार ०७:३२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको लिलामी शेयरमा आज कार्यालय अवधिसम्ममा आवेदन दिईसक्नुपर्नेछ ।

कम्पनीले असार २ गतेबाट एनसीसीको सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १ सय ४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरुले आवेदन दिन सक्नेछन् । असार १६ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।

न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र असार १७ गते बिहान ११ बजे एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*