सिद्धार्थ क्यापिटलको २ करोड इकाई म्युचुअल फण्डमा आजदेखि आवेदन खुल्ला

१६ असार २०७८, बुधबार १०:४९

काठमाडौं । सिद्धार्थ क्यापिटलको खुलामुखी म्युचुअल फण्ड सिद्धार्थ व्यवस्थित लगानी योजना आजदेखि बिक्री खुला गरेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड ईकाई सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई असार १६ गतेदेखि बिक्री खुला गरेको हो । जसअनुसार इच्छुक लगानीकर्ताले आजैबाट सो योजनामा आवेदन दिन सक्नेछन् ।

कम्पनीले २ करोड इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँड भइसकेपछि खुद सम्पत्ती मूल्यका आधारमा तोकिएको प्रति इकाई मूल्यमा योजना व्यवस्थापन वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेता मार्फत दैनिक खुद सम्पत्ती मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई इकाईको निरन्तर बिक्री तथा पुनर्खरिद गरिने क्यापिटलले बताएको छ ।

योजनाको शुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेडले बिज पूँजीको रुपमा लगानी गर्नेछ ।

क्यापिटलले आजदेखि बिक्री खुला गरेको सो फण्डको इकाईमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र सबै इकाई बिक्री नभएको खण्डमा असार ३० गतेसम्म आवेदन समय लम्बिने कयापिटलले जनाएको छ । सो इकाईमा इच्छुक लगानीकर्ताले मेरो शेयर वेबसाइट वा धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*