कृषि विकास बैंकको रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

१६ असार २०७८, बुधबार ११:५६

काठमाडौँ । कृषि विकास बैंकको कृषि ऋणपत्र रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले क्यापिटललाई ७ अर्ब ६ अर्ब कृषि ऋणपत्र (डिबेञ्चर) को रजिष्ट्रारमा नियुक्त गरेको हो ।

दुई संस्थाबीच सो सम्बन्धी सम्झौतापत्रमा हालै हस्ताक्षर भएको छ । ऋणपत्र सम्झौताका लागि बैंकका तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन ।

कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउने हितले कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्न लागेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*