सुनको मुल्य छ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

१६ असार २०७८, बुधबार १२:१९

काठमाडौँ । आज बुधबार सुनको मुल्य तोलामा छ सयले घट्को छ । दुईदिनयता सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य १०० ले घटेको थियो भने आज एकैचोटी ६ सयले तोलामा गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य ९० हजार र तेजावि सुनको मूल्य ८९ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । मङगलबार छापावाला सुनको मुल्य ९० हजार छ सयमा कारोबार भइरहेको थियो भने तेजावि सुनको मूल्य ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, हिजो प्रतितोला एक हजार तिन सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*