अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

१६ असार २०७८, बुधबार १२:४२

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेका छ । कम्पनीको उक्त लिलामी शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ ।

कम्पनीले हकप्रद शेयरमा नविकेको शेयर असार ९ गते बाट लिलामीमा ल्याएको हो । कम्पनीले सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो ।

शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन । कम्पनीको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*