डिम्याट खाता नविकरण गर्न सनराइज क्यापिटलको अनुरोध, असार मसान्तसम्म नगरेमा फ्रीज हुने

१६ असार २०७८, बुधबार १४:२७

काठमाडौं सनराइज क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण गर्न आह्वान गरेको छ । क्यापिटलले आज एक सूचना जारी गर्दै डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो ।

क्यापिटलले आफुलाई नजिक वा पायक पर्ने सनराइज बैंकका शाखा कार्यालय वा क्यापिटलमा गई आव २०७७/०७८ सम्मको डिम्याट संचालन गरेवापतको वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन अनुरोध गरेको छ ।

साथै हितग्राहीहरुले डिजिटल माध्यम ई–सेवा, खल्ती, प्रभु–पे र कनेक्ट आईपीएसमार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । क्यापिटलले असार मसान्तसम्म डिम्याट नविकरण गर्न अनुरोध गरेको छ । यदि सो समयभित्र नविकरण शुल्क नबुझाएमा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का(फ्रीज) हुने क्यापिटलले जनाएको छ । त्यस्तै, सो अवधिभित्र मेरो शेयर सेवाको शुल्कसमेत नबिकरण गर्न क्यापिटलले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*