नेपाल इन्स्योरेन्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१६ असार २०७८, बुधबार १५:१०

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १६ कित्ता माथि शेयर कारोबार हुँदा पौने ६ अर्ब बराबरको शेयर कारोबार भएको छ।नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड ४ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनीको २१ करोड ६९ लाख रुपैयाँ बरारबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाईड्रोपावरको १८ करोड ७६ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७६ लाख रुपैयाँ, ज्योति विकास बैंकको १३ करोड माथि, लुम्बिनी विकास बैंकको १२ करोड ५० लाख रुपैयाँ, निफ्राको ११ करोड माथि, मुक्तिनाथ विकास बैंकको ११ करोड माथि, अपर तामाकोशीको १० करोड माथि र एचआईडिसिएलको ९ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*