नेप्से सामान्य अंकले घट्दा पौने ६ अर्बको कारोबार, पाँच कम्पनीका शेयरमा लाग्यो सर्किट

१६ असार २०७८, बुधबार १५:२०

काठमाडौं । आज नेप्से ५ अंकले घटेको छ । पछिल्लो तिनचार दिनयता नेप्से लगातार घटेको छ । आज नेप्से ४.१३ अंकले घटेर २८२३ दशमलव ८८ विन्दुमा कायम भएको छ ।

आज २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज ६ समूहमा हरियाली छाएको छ । सबैभन्दा विकास बैंक समूहमा १३६.९६ अंकले बढेको छ । त्यस्तै आज सात समूह भने राताम्य भएका छन् । सबैभन्दा जीबन बीमा समूहमा आज ११२.४८ अंकले घटेर रातो अंकमा परिणत भएको हो ।

त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३० करोड ४२ लाख ५८ हजार १९२ रुपैयाँको कारोबार भएको हो । त्यसलगत्तै एनएलजी इन्स्योरेन्स कम्पनीको २१ करोड ६९ लाख ९४ हजार ८०२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज सर्वाधिक कमाउने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । कम्पनी शेयरमा आज पोजेटिभ सर्किट लागेको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको पनि आज सर्किट लेभलमा कारोबार भई यी दुई कम्पनीले सर्वाधिक कमाउन सफल भएको हो ।

यस्तै आज एचआइडिसिएलले भने ४.२८ प्रतिशत अंकले गुमाएको छ । लगत्तै खानीखोला हाइड्रोपावरले पनि ३.३५ प्रतिशत अंकले गुमाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*