उपकार लघुवित्तले आईपीओ निष्कासन गर्न कति पायो रेटिङ ?

१६ असार २०७८, बुधबार १५:२७

काठमाडौं । उपकार लघुवित्तले आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालबाट पाएको छ। इक्रा नेपालले कम्पनीले निष्कासन गर्ने आईपीओलाई आईआर बीबी रेटिङ प्रदान गरेको छ ।

कम्पनीले १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । हाल कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रहेको छ ।आईपीओ निष्कासन पछि कम्पनीको पूँजी ५ करोड ४६ लाख पुग्नेछ ।

उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*