५ कम्पनीको शेयरमा सर्किट लाग्दा कुनले कमाए र गुमाए ?

१६ असार २०७८, बुधबार १६:३९

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ ।

आज पाच वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। पोखरा फाइनान्सको सेयरमूल्यमा १० प्रतिशत तथा सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टीपर्पस फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

आज एचआईडीसीएलका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ४ प्रतिशत बढीको गिरावट आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*