जीवन विकास लघुवित्तको आइपीओमा १९ लाख बढीको हात खाली

१६ असार २०७८, बुधबार १७:१५

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४ सय १० कित्ताका लागि आवेदन परेको छ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ १ लाख ८४ हजार ८ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा १९ लाख बढी आवेदक हात खाली भएका  । यद्यपी अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको क्यापिटलले जनाएको छ ।

कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले रू. १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू. ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*