नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा

२९ असार २०७८, मंगलवार ११:२८

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको छ ।

लघुवित्तले २०७७ । ११ । १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनिलाई बोनस शेयर खातामा जम्मा गरेको हो ।

कम्पनीको सातौँ बार्षिक साधारण सभाबाट पारित भएको २१ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत भई अभौतिक रुपमा कारोबार हुने व्यबस्था भइसकेको जनाएको छ ।

हालसम्म शेयर अभौतिकरण नगरेका शेयरधनीले आफ्नो जम्मा शेयर अभौतिकरण गराई हितग्राही खाताबाट नै बोनस शेयर प्राप्त गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।

 

सूचना श्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*