नेपाल बंगलादेशको चार अर्बभन्दा बढिको शेयर बिक्री गरेर फर्कदै बंगलादेशी आईएफआईसी बैंक

२९ असार २०७८, मंगलवार ११:३१

काठमाडौं । नेपाल बङ्गलादेश बैंकमा रहेको चार अर्बभन्दा बढि मूल्यको शेयर बिक्री गरेर बंगलादेशको आईएफआईसी बैंक फर्कने भएको छ ।

नेपाल बैंगलादेश बैंकको संस्थापक शेयरधनी बंगलादेशको आईएफआईसी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर बिक्री गर्न सूचना जारी गरेको छ । सो बैंकको अन्तिम पटक संस्थापक शेयर प्रतिकित्ता ११६ रुपैयाँका दरले खरिद बिक्री भएको नेप्सेको तथ्याङ्कको आधारमा बंगलादेश बैंकको आईएफआईसी बैंकले कूल चार अर्ब २७ करोड १९ लाख रुपैयाँ भन्दा बढि लगानी फिर्ता लानेछ ।

बैंकले नेपाल बंगलादेश बैंकमा दिएको पत्र अनुसार यही असार २८ गते बसेको संचालक समितिको ३७१ औं बैठकले आईएफआईसी बैंक, ढाकाको स्वामित्वमा रहेको सम्पूर्ण शेयर कूल ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर बिक्रीको लागि बैंककै संस्थापक शेयरधनीहरुलाई खरिद गर्न सूचना जारी गरिएको छ ।

बिक्रीमा रहेको सो शेयर खदिर गर्ने पहिलो हक अन्य संस्थापक शेयरधनीहरुको हुने भएकोले नेपाल राष्ट्र बैंकको अधिनमा रही उपरोक्त शेयरहरु बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि इच्छुक शेयरधनीले आजको मितिलपे ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौंस्थित शेयर शाखामा आवेदन दिनुपर्ने बैंकले जानकारी गराएको छ ।

सो आवदेनमा अन्य विवरणको अतिरिक्त कर चुक्ता गरेको आम्दानी र शेयर खरिद गर्न चाहेको रकमको उपलब्धताको पुस्ट्याइँ हुने कागजात समेत संलग्न हुनुपर्ने बैंकले जनाएको छ । साथै सो समयभित्र कसैको पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई उपरोक्त शेयरहरु बिक्री गर्ने जानकारी गराएको छ ।

नेपाल बंगलादेश बैंकको संस्थापक शेयर बिक्री गरेर बंगलादेश बैंकले नेपालबाट लगानी किन फिर्ता लान चाहेको हो भन्ने खुल्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*