एनआईसी एशिया बैंकको ८.५०% व्याजदर भएको ऋणपत्र बाँडफाँड

२९ असार २०७८, मंगलवार ११:४९

काठमाडौं । एनआाईसी एशिया बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले ‘एन आई सी एशिया ऋणपत्र २०८८’ नामको ऋणपत्र बाँडफाँड गरेको जानकारी गराएको हो ।

बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५०% व्याजदर भएको उक्त ऋणपत्र असार २५ गते शुक्रबार बाँडफाँड गरेको जानकारी गराएको छ ।

बैंकले प्रतिऋणपत्र रु १०० अंकित मूल्यका ३० लाख कित्ता मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने १ अर्ब २० करोड ऋणपूँजी रकम (२५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको समेत) सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गरिने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र असार ६ गतेदेखि असार २० गतेसम्म निष्काशन तथा बिक्री गरेको थियो ।

उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*