नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओ जारी गर्ने घोषणा

२९ असार २०७८, मंगलवार १३:१९

 

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सो अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ मा परिवर्तन भएको हो । यसअघि अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रा.लि. रहेको थियो ।

अस्पतालले भविष्यमा आफ्नो सेवालाई थप विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको जानकारी दिएको हो ।

साथै नर्भिक अस्पतालले पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आगामी आउने दिनहरुमा थप सेवा प्रदान गर्ने र भविष्यमा सर्वसाधारणको लागि आईपीओ समेत निष्काशन गर्ने जानकारी दिएको छ ।

कम्पनीका कार्यकारी निर्देशकका अनुसार सो अस्पताल नेपालको शेयर बजारमा सूचिकृत हुने पहिलो अस्पताल बन्ने गरी काम अगाडि बढिरहेको छ ।

 

 

One thought on “नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओ जारी गर्ने घोषणा

  1. पेम्बा शेर्पा says:

    हामी सर्बासादारन हरु लाई पनी सेर लगनी मा चान्स दिए आज्जा भरी उत्तम हुने थियो की भन्ने मेरो आफ्नो बिचार मात्रा धन्नेबाद

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*