ज्योति विकास बैंकले फर्निचर तथा फर्निसिङ उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने

२९ असार २०७८, मंगलवार १३:३३

काठमाडौँ । ज्योति विकास बैंकले फर्निचर तथा फर्निसिङ उद्यमी महासंघमा आबद्ध उद्यमीलाई सहुलियत कर्जा दिने निर्णय गरेको छ ।

ज्योति विकास बैंक र फर्निचर तथा फर्निसिङ उद्यमी महासंघको संघमा आबद्ध भएका उद्यमीका लागि सहुलियत कर्जा दिने गरी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्रभट्ट र महासंघका महासचिव ओमबहादुर वस्नेतले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार महासंघमा आबद्ध उद्यमीहरु तथा कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तीय सेवाहरु प्रदान गर्ने जनाएको छ ।

साथै बैंकले महासंघलाई डिजिटल बैकिङ सेवाहरु समेत प्रदान गर्ने  जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*