नेप्से १६ अंकले बढ्दा साढे ५ अर्बको कारोबार, नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार

२९ असार २०७८, मंगलवार १५:०९

काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको छ ।

आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको १३ उपसूचकमध्ये आज जीबन बीमा समूह बाहेका सबै समूहमा हरियाली छाएको छ । सो समूहमा आज ६६.१९ अंकले घटेर रातोमा परिणत भएको हो । त्यस्तै आज सर्वाधिक वित्त समूहमा ९३.७८ अंकले बढेको हो ।

त्यस्तै आज सर्वाधिक कारोबार भएको कम्पनीमा नेपाल बंगलादेश बैंक लिमिटेड रहेको छ । कम्पनीको आज ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो । त्यस्तै आज सर्वाधिक कमाउने कम्पनीमा सेन्ट्रल फाइनान्स रहेको छ । कम्पनीको आज ६.९८ प्रतिशत अंकले बृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*