यी हुन आज सर्वाधिका कारोबार भएका १० कम्पनी, बंगलादेश बैंक सर्वाधिक

२९ असार २०७८, मंगलवार १५:१२

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा नेपाल बंगलादेश बैंक परेको छ । आजैमात्र बंगलादेशस्थित आईएफआईसी बैंकले तीन करोड कित्ता भन्दा बढि शेयर बिक्री गर्न सूचना प्रकाशित भएकै दिन सो बैंकको शेयरको सर्वाधिक कारोबार भएको हो । आज नेपाल बंगलादेश बैंकको ४५ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

त्यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको २३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज कारोबार हुने तेस्रो नम्वरको सूचिमा एनआईसी एसिया बैंक परेको छ । सो बैंकको १९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको १९ करोड, नबिल बैंकको १८ करोड, मञ्जुश्री फाइनान्सको १२ करोड, निफ्राको १२ करोड, रिलायन्स फाइनान्स कम्पनीको १२ करोड हिमालयन डिस्टीलरीको ११ करोड र ज्योति विकास बैंकको १० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*