युवराज खतिवडा जस्तै कठोर नीति भएका शर्मा अर्थमन्त्रालयमा, शेयर बजारमा त्रास

३० असार २०७८, बुधबार १०:०७

काठमाडौं । यसअघिका अर्थमन्त्री युवराज खतिवडा जस्तै कडा समाजवादी अर्थव्यवस्थाका हिमायती जनमुक्ति सेनाका पूर्व सैन्य कमाण्डर जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएपछि शेयर बजारमा त्रास बढेकोछ । समाजवादी चिन्तन् र सोच भएका व्यक्तिहरुले दोस्रो बजारलाई अनुत्पादक क्षेत्रको रुपमा बुझ्ने गर्दछन् । विश्वभरि नै समाजवादी अर्थव्यवस्थाका हिमायतीहरुले शेयर बजारलाई सकारात्मक दृष्टिले हेर्न सक्दैनन् ।

नेपालमा सामन्ती अर्थव्यवस्थाको अन्त्यको लागि संघर्ष गर्दै अघि बढेका जनार्दन शर्मा अर्थमन्त्री बनेपछि शेयर बजार के होला ? आम लगानीकर्ताहरुले आज निकै चासोपूर्वक हेरिरहेका छन् । कांग्रेसको सरकार बनेकोले शेयर बजारमा ठूलो प्रभाव नपर्ने विश्वासमा रहेका लगानीकर्ताहरु जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएपछि भने केही चिन्तित देखिएका छन् । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले जसरी माफियाहरुको लागि सेटिङ काम नव नियुक्त अर्थमन्त्री शर्माले नगर्ने तथा शेयर लगानीकर्ताहरुको पक्षमा निर्णय गर्ने सम्भावना कम रहेकाले पनि धितोपत्र दोस्रो बजार आगामी दिनमा गुल्जार हुनेमा आशंकाहरु उब्जिएका छन् ।

कम्पनीको उत्पादकत्व क्षमतामा बृद्धिमा कुनै भूमिका नखेल्ने तर दोस्रो बजारमा भने अर्बौ मूल्यमा कम्पनीको सम्पत्ति बिक्री वितरण भइरहने हुँदा पुँजि बजारप्रति विश्वभरि नै समाजवादीहरु खुलेर लाग्ने गरेका छैनन् । समाजवादी दृष्टिकोण राख्ने कडा नीतिका अर्थमन्त्री भएकै कारण डा. युवराज खतिवडाको कार्यकालमा साढे दुई वर्षसम्म शेयर बजारमा उछाल आएको थिएन । लगानीकर्तासँगको सेटिङ गर्ने अर्थमन्त्रीको परिचय बनाएका विष्णु पौडेलको आगमनसँगै १२०० देखि १५०० सम्मको रेञ्जमा बसिरहेको नेप्से परिसूचक आठ महिनाको अवधीमा दोब्बर बृद्धि हुँदै ३००० सम्म पुगेको थियो ।

नयाँ अर्थमन्त्रीको आगमनसँगै शेयर बजारमा विगतकै जस्तो उछाल आएर दोब्बर अंकले बृद्धि हुने सम्भावना भने देखिदैन । अहिले नै देशको कूल ग्राहस्थ उत्पादन भन्दा नेप्सेको कूल बजार पुँजिकरण बृद्धि भइसकेकोले नयाँ पस्थितिमा शेयर बजार करेक्सन हुने सम्भावनातर्फ लगानीकर्ताहरु सचेत हुनु आफ्नै लागि समेत हितकर हुने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*