ज्योति विकास बैंकको वार्षिक ९% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

३० असार २०७८, बुधबार १०:५४

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २० गतेदेखि असार ३० गतेसम्म सो ऋणपत्रमा आवेदन दिने अवधि राखेको थियो । जसअनुसार आज असार ३० गते अन्तिम रहेको छ ।

बैंकले १० वर्षे अवधि रहेको वार्षिक ९ प्रतिशत ब्याजदर पाइने ‘ज्योति विकास बैंक बण्ड २०७८’ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले आवेदन दिनका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*