नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

३० असार २०७८, बुधबार ११:०९

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनि प्राईम कमर्शियल बैंकको नाममा रहेको संस्थापक शेयर मध्ये १ लाख ५० हजार कित्ता शेयर बिक्री लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनिहरुलाई प्रतिकित्ता ४०० रुपैयाँ र सो भन्दा बढी मुल्य आएमा बढी मूल्यलाई प्राथमिकता दिई क्रमबद्ध रुपमा अधिकतम कबोल गर्नेलाई बिक्री गरिने जनााएको छ । सो अनुसार शेयर खरिद गर्न चाहने शेयरधनिले आफुले खरिद गर्न चाहेको संस्थापक शेयर सख्या र प्रति शेयर मूल्य खुलाई आजको मितिले ३५ दिन भित्र राष्ट्र बैंकको निर्देशन बमोजिम रित पुराई संचालन समिति समक्ष निवेदन दिन सकिने संस्थाले जानकारी गराएको छ ।

साथै निधारित समय भित्र कुनै पनि निवेदन पेस नभएको खण्डमा खुल्ला बजार मार्फत बिक्री गर्ने प्रकृया अगाडी बढाइने संस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*