निर्धन उत्थान लघुवित्तको बोनस शयर हितग्राही खातामा

३० असार २०७८, बुधबार ११:४१

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । लघुवित्तले फागुन २५ गते सम्मन्न २२ औँ बार्षिक साधारण सभाबाट पारित गरिएको १३ प्रतिशत बोनस शेयर शेयरधनिको डिम्याट खातामा जम्मा गरेको हो ।

लघुवित्तले २०७७ फागुन १० गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनिको खातामा १३ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा गरेको हो ।

साथै सो मितिसम्म भौतिक शेयर धारण नगरेका शेयरधनिलाई शिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो खाता विवरण बुझाउन समेत लघुवित्तले अनुरोध गरेको छ ।

निर्धन उत्थान लघुवित्तको शेयर रजिष्ट्रार कार्यालयमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*