सुनको मूल्य तोलामा ३०० ले बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

३० असार २०७८, बुधबार ११:५४

काठमाडौं । सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोलाको मूल्य ९२ हजार ७०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार २०० रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुनको मूल्य ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बुधवार चाँदीको मूल्य भने घटेको छ । मंगलवार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार ५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*