प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचरना परिवर्तन

३० असार २०७८, बुधबार १४:११

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर संरचरना परिवर्तन हुने भएको छ। कम्पनीको पूँजी संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०ः४०)) रहेकोमा सो अनुपातलाई ५१ः४९ कायम गर्ने भएको हो । शेयर संरचना कायम गर्न कम्पनीको सभा र बीमा समितिबाट स्वीकृति पाएसँगै कम्पनीले शेयर संरचना परिर्वतन गर्ने भएको हो ।

सो अनुपातमा संस्थापक शेयर कायम गरी बाँकी शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न चाहेमा वा नचाहेमा वा गर्ने इच्छा नभएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा लिखित जानकारी गराउन संस्थापक शेयरधनीलाई अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*