महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई आर्थिक सहयोग

३० असार २०७८, बुधबार १४:१९

काठमाडौं । महालक्ष्मी विकास बैंकले बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयलाई उक्त सहयोग गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाबाट विविध कार्यक्रम गर्र्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*