नेप्सेमा सामान्य सुधार हुँदा साढे ५ अर्ब माथिको कारोबार, ५ उपसमूह बाहेक सबै राताम्य

३० असार २०७८, बुधबार १५:१७

काठमाडौं । आज नेप्से झिनो अंकले मात्र बृद्धि भएको छ । आज नेप्से परिसूचक १.०१ अंकले बृद्धि भई २८७२.०५ विन्दुमा कायम भएको छ ।

आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ दशमलव ११ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ५ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज हाइड्रोपावर समूहमा ७४.९२ अंकले बृद्धि भएको हो भने निर्जीबन बीमा समूहमा ८२.०५ अंकले गिरावट आएको हो ।

त्यस्तै सर्वाधिक कारोबार गर्ने कम्पनीमा आज गुर्खाज फाइनान्स रहेको छ । कम्पनीको आज २९ करोड ४७ लाख ६९ हजार २५० रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार भएको हो । त्यस्तै आज सर्वाधिक कमाउने कम्पनीमा हिमालय पावर पार्टनर लिमिटेड रहेको छ । कम्पनीको आज ८.१० प्रतिशत अंकले बृद्धि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*