अब दराजबाट समान किन्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने

३० असार २०७८, बुधबार १८:१७

काठमाडौं अब दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न पाउने भएका छन् । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सिईओ विकास कुमार नाहाटा र दराज केमु नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङले हस्ताक्षर गरेका छन्। पानीपोखरीस्थित आइएमई गुप्रपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच यस सम्बन्धमा आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको हो।

यस सम्झौतासँगै दराजका सेवाग्राहीले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन्। यसका साथै यही साउन १ गतेबाट सुरु हुने १ रुपैयाँ गेम र साउन ३ गतेबाट सुरु हुने दराज महाबचत उपहार योजनामा सहभागी भई थुप्रै उपहार प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*