नेको इन्स्योरेन्सको साधारणसभा आज, १६ प्रतिशत लाभांश पारित हुने

३१ असार २०७८, बिहीबार ०७:२१

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा आज हुने भएको छ। कम्पनीको सभा आज बिहान ११ बजे कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा सभा सुरु हुने छ। भर्चुअल माध्यमबाट उक्त सभा हुने कम्पनीले जनाएको छ।

सभाले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

असार १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*