आँधीखोला लघुवित्त र नेशनल हाइड्रोपावरको बार्षिक साधारणसभा आज

३१ असार २०७८, बिहीबार ०७:२४

काठमाडौं । आज दुई कम्पनीको साधारण सभा हुने भएको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा आह्वान गरेका हुन् । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चौंथो वार्षिक साधारण सभा आज बिहान ११ः३० बजे होटल गाउँवेशीको सभाहल वालिङ ८, स्यांजामा हुने भएको छ।

सभाले यस कम्पनी र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनमा जाने भएमा सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेे भएको छ ।

साथै आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि ३१ गतेसम्म बन्द रहनेछ । हाल कम्पनी धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेकाले २०७६ पुस २ गतेबाट शेयर कारोबार रोक्का रहेको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावरको साधारण सभा आज ११ बजे हुने भएको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ । सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आर्थिक बर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले लोअर इर्खूवाहाइड्रो पावर कम्पन लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणपमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा २०७७ फागुन २ मा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै कम्पनीमा अन्य हाइड्रो कम्पनीलाई मर्जर तथा एक्विजिशनमा लिने निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*