तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

३१ असार २०७८, बिहीबार ०७:३०

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था,महुली लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर असार २७ गतेदेखि लिलामीमा ल्याएको हो ।

बैंकले आफनो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको ३ लाख ७३ हजार ७ सय ६५ कित्ता संस्थापक शेयर,मेरो माइक्रोफाइनान्सको ५६ हजार ८ सय ६८ कित्ता र महुली लघुवित्त वित्तीय संस्थाको ५३ हजार ७० कित्ता शेयर लिलामीमा ल्याएको हो ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । तीनवटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*