लक्ष्मी बैंकको ऋणपत्रमा साउन ११ सम्म आवेदन दिन सकिने

३१ असार २०७८, बिहीबार १२:५४

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले असार २८ गतेदेखि निष्काश तथा बिक्री खुल्ला गरेको सो ऋणपत्रको आवेदन अवधि लम्बाएको हो ।

बैंकले निष्काशन गरेको ८ प्रतिशत ब्याजदर पाइने ‘८.५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ मा अब साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिने बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले साउन ११ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको सो ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*