एशियन लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

३१ असार २०७८, बिहीबार १४:३१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी गरेको छ । कम्पनीको जुम्ला शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरि जुम्ला जिल्लाको सिँजा गाउँपालीका वडा नं २ चुलेलगाउँ घरमै पुगेर मृतकको परिवारलाई मृत्यु बीमा दावी भक्तानी हस्तान्तरण गरेको हो ।

मृतक बीमितले गत कार्तिक २० गते जुम्ला शाखा अन्तर्गत सिँजा उपशाखा कार्यालयबाट ३ लाख रुपैयाँ बीमाङकको दम्पती सूरक्षा प्लस बीमा योजना खरीद गरेका थियो कम्पनीको उनको श्रीमान् रामकृष्ण अधिकारीलाई तीन लाख पाँच सय छ रुपैयाको चेक हस्तान्तरण गरेको हो । मृतकी अधिकारीले कम्पनीमा प्रथम बीमा शुल्क बापत २२ हजार ९८५ रुपैया बुझाएका थिए ।

कार्यक्रममा जुम्ला शाखाका शाखा प्रबन्धक बीर बहादुर भण्डारी सोही वडाको जनप्रतिनिधि पूर्ण चन्द्र आचार्य,कम्पनीका सिनियर एजेन्सि मेनेजर मन बहादुर बुढा,दान बहादुर महरी,बिरेन्द्र बहादुर शाही,राम प्रसाद आचार्य,सिँजा उपशाखा प्रमुख बिस्न बहादुर बुढा लगायत चुलेलगाउँका वासिन्दाहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*