नेप्से ११ अंकले बढ्दा ८ अर्ब बढीको कारोबार, गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार

३१ असार २०७८, बिहीबार १५:११

काठमाडौं । आज ११ अंकले बढेको छ । बिहिबार नेप्से परिसूचक ११ दशमलव ३३ अंकले बढेर २८८३.३८ विन्दुमा कायम भएको छ ।

आज २२३ कम्पनीको ५ करोड ८५ लाख २ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३०२.१९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक ६ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज हाइड्रोपावर समूहमा ५६ दशमलव १४ अंकले बढेको हो । त्यस्तै होटल तथा पर्यटन समूहमा सर्वाधिक ५०.३८ अंकले घटेको हो ।

त्यस्तै, आज गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज ३६ करोड ७० लाख २३ हजार ५७४ रुपैयाँको कारोबार भएको छ । त्यस्तै सर्वाधिक कमाउने कम्पनीमा ङादी पावर कम्पनी रहेको छ । कम्पनीको आज ९.४० प्रतिशत अंकले बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*