आईसीएफसी फाइनान्सले ब्याजदर भुक्तानीका लागि बुक क्लोज मिति तय, ३१ गते कायम ऋणपत्रधनीले मात्रै ब्याज पाउने

३१ असार २०७८, बिहीबार १५:२४

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले १२ गते प्रतिशत ब्याजदर भुक्तानीका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले ७ बर्ष अवधिमा १२ प्रतिशत ब्याजदर रहेको ऋणपत्रको अर्धबार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते बुक क्लोज गर्ने भएको हो ।

कम्पनीको डिबेञ्चर २०८३ को अर्धबार्षिक ब्याज भुक्तानीका लागि साउन १ गते बोक क्लोज र सोहि आधारमा असार ३१ गते कायम ऋणपत्रधनीले मात्र उक्त ब्याज पाउने छ । २०७६ सालमा फागुनमा जारी गरिएको रु १ हजार अंकित मूल्यको २ लाख कित्ता ऋणपत्र जारी भएको थियो । फाइनान्सका अनुसार अर्धबार्षिक ब्याजबापतको रकम कम्पनीको ऋणपत्रधनीको बैंक खातामा जम्मा हुने छ ।फाइनान्सको शेयर रजिस्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*