एभरेष्ट बैंकको ६० करोडको ऋणपत्र नेप्सेद्धारा खारेज

३१ असार २०७८, बिहीबार १५:४७

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्र सूचिकरण नेप्सेद्धारा खारेज गरिएको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकले असार १८ गते ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र सूचिकरणको लागि नेप्सेसमक्ष निवेदन दिएको थियो ।  बैंकको ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ को सूचिकरण असार ३१ गते यानिकी आज खारेज भएको नेप्सेले जानकारी गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*