नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको ऋणपत्र नेप्सेमा सूचिकृत

३१ असार २०७८, बिहीबार १६:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । असार ३१ गतेको निर्णयअनुसार नेप्सेले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । २०८४ च, २०८३ ग नामको छ वर्षे, २०८४ ङ नामको ७ वर्षे र २०८५ घ र २०८५ ङ नामको आठ वर्षे विकास ऋणपत्र धितोपत्र सूचिकरण विनियमावली २०७५ अनुसार सूचीकृत भएको नेप्सेले जनाएको छ ।

बैंकको उक्त सबै ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त हुने समेत जानकारी गराएको छ । बैंकको कुल ५० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*