कुमारी बैंकको का.मु.सिइओ तिमल्सिनाको जिम्मेवारी तोकियो

३१ असार २०७८, बिहीबार १७:०६

काठमाडौं । कुमारी बैंक लिमिटेडद्धारा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमल्सिनाको जिम्मेवारी तोकिएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल असार ३१ गते सकिने भएको छ ।

आज दिउँसो ३ बजे बसेको संचालक समितिको बैठकको निर्णयले अर्को निर्णय नभएसम्मका लागि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तिमल्सिनालाई सो पदको रुपमा काम गर्ने गरी जिम्मेवारी दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*