नेरुडे लघुवित्तका प्रबन्ध संचालक श्रेष्ठद्धारा राजिनामा

१ श्रावण २०७८, शुक्रबार ११:३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त नेरुडे लघुवित्त वित्तीय संस्थाका प्रबन्ध संचालक सुधिर कुमार श्रेष्ठले राजिनामा दिएका छन् ।

श्रेष्ठले असार ३० गते दिएको राजिनामा पत्र असार ३१ बिहिबार गते बसेको संचालक समितिको २७४ औं बैठकले साउन १ गते देखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

साथै सोहि बैंठकले संस्थाका नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ देखि नै लागु हुने गरी अर्को ब्यवस्था नभएसम्मका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनीले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*