एक्सेल डेभलपमेन्ट बैंकद्धारा कार्कीलाई कार्यकारी अधिकृतमा का.मु मुकरर गर्ने निर्णय

१ श्रावण २०७८, शुक्रबार १२:०९

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत लेखराज कार्कीलाई प्रमुख कार्यकारी अधिकृत पदमा कायम मुकायम मुकरर गर्ने निर्णय गरेको छ ।

प्रमख कार्यकारी अधिकृत पदमा कार्यरत दिनेक कुमार पोखरेलको पदावधी असार मसान्तमा समाप्त भएको हुँदा संचालक समितिको असार ३० गते बसेको २५६ औं बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि काकीलाई सो पदको जिम्मेवार दिएको हो ।

साउन १ गतेदेखि नै लागू हुने गरी बैंकले प्रमुख कार्यकारी अधिकृत पदमा कार्कीलाई कायम मुकायम मुकरर गर्ने निर्णय गरेको जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*