चालु खाता र शोधनान्तर स्थिति घाटामा

१ श्रावण २०७८, शुक्रबार १५:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ११ महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्क अनुसार कम्पनीको चालु खाता रु.२९३ अर्ब ९७ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ८.४ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब १५ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १३.४ प्रतिशतले कमी आई रु.१६ अर्ब २० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ७२ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*