समृद्धि फाइनान्सले ल्यायो अनलाइन खाता खोल्ने सुविधा

१ श्रावण २०७८, शुक्रबार १६:५५

काठमाडौं । समृद्धि फाइनान्सले अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ । फाइनान्सले आफनो ग्राहकहरुको सुविधाको लागि नेपालको जुनसुकै ठाँउबाट पनि अनलाईन खाता खोल्न सक्ने सुविधा ल्याएको हो ।साथै कम्पनीले कोभिड लागेका ग्राहकहरुका लागि कोभिडको उपचारमा सहयोग पु¥याउन कोभिड रिलिफ ऋण प्रदान गर्ने व्यवस्था गरिएको छ ।

फाइनान्सले संस्थाका नयाँ तथा पुराना ग्राहकहरुको उपचार तथा हस्पिटलको बिल भुक्तानी गर्नका लागि “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुलनाराका साथ ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कोभिड रिलिफ लोन उपलब्ध गराउने भएको छ ।

फाइनान्सले आगामीदिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*