कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभा साउन २२ गते

१ श्रावण २०७८, शुक्रबार १७:००

काठमाडौं । कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभाका बोलाएको छ । कम्पनीले वार्षिक साधारण सभा आगामी साउन २२ गते बोलाएको हो । कम्पनीको असार ३१ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुने भएको छ।

उक्त सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७÷/७८ को लागि लेखापरिक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*