नेप्सेमा ६ कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

२ श्रावण २०७८, शनिबार १४:२३

काठमाडौं । यो साता नेप्सेमा ६ कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार एक कम्पनीको हकप्रद सेयर, ४ कम्पनीको बोनस सेयर र विकास ऋणपत्र यस साता नेप्सेमा सूचिकृत भएको हो ।

नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस बापतको १५ लाख ८ हजार एक सय ५० दशमलव ३६१८ कित्ता सेयर सूचिकृत भएको हो ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाका सेयरधनीहरुलाई १५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशतले हुन आउने नगद लाभांश करसहित गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ प्रतिशत बोनस बापतको एक करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

महालक्ष्मी विकास बैंक लिमिटेडको ८।८० प्रतिशत बोनस बापतको २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८।८० प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ०।४६ प्रतिशतले हुन आउने नगद ९कर प्रयोजनार्थ० गरी कुल ९।२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको १० लाख ५६ हजार २ सय ७४ दशमलव ८४४ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद गरि कूल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकले निष्कासन गरेको विभिन्न ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । जसमध्ये, २०८४ ूघू को १० अर्ब, २०८३ ूगू को १० अर्ब, २०८४ ूङू को १० अर्ब, २०८५ ूघू को १० अर्ब र २०८५ ूङू को १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद बापतको ५२ लाख ४१ हजार एक सय ९७ कित्ता सेयर सूचिकृत भएको हो ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट आफ्ना लगानीकर्तालाई १ बराबर ०।५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरको ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*