प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने, यस्ता छन् सुविधा

२ श्रावण २०७८, शनिबार १९:३१

काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १ सय रुपैयाँ बोनस पापाउने भएको भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो । यस सुविधाका लागि एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले खल्तीले उक्त बोनस अफर ल्याएको हो।

यस योजना पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*