आर्थिक पत्रकारहरुसँग अर्थमन्त्री शर्माले भने, ‘शेयर बजारमा समस्या छ’

२ श्रावण २०७८, शनिबार २३:३४

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको शेयर बजारमा समस्याहरु रहेको धारणा व्यक्त गरेका छन् । यद्यपि उनले के कस्तो समस्या छन् भनेर प्रष्ट पारेका छैनन् ।

आज आर्थिक पत्रकारहरुसँगको छलफलको क्रममा अर्थमन्त्री शर्माले भने, ‘पुँजी बजार लगायतका समस्या छन्, सर्वसाधारण जनताको हितमा कसरी हुन्छ भनेर छलफल गर्दैछौं ।’ यअसघिका अर्थमन्त्री विष्ण पौडेलले शेयर माफियाहरुसँगको सेटिङमा शेयरको मूल्य उच्च अंकले बढाएका थिए । कृतिम रुपमा बढाइएको शेयर मूल्यका कारण नेप्सेमा बजार पुँजिकरण देशको अर्थतन्त्र भन्दा ठूलो हुन पुगेको अवस्था छ ।

मन्त्री शर्माले नेपाली पुँजी बजारमा के कस्ता समस्या छन् भन्ने बारेमा केही खुलाएनन् । मन्त्री शर्माले सुरुमा आफूले गहन अध्ययन गर्ने र योजना बनाएर काम गर्ने बताए । उनले भने, ‘अहिले म अध्ययनकै क्रममा छु, केही समय अझै मलाई अध्ययन गर्न दिनुस्, यो सरकारको समग्र योजना निर्माण भइसकेपछि हामी जानकारी दिने नै छौं ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*