वित्तीय विवरणमा कामना सेवा विकास बैंकको उत्साजनक प्रगति, ७० करोड मुनाफा, १६% लाभांश दिन सक्षम

३ श्रावण २०७८, आईतवार ०८:००

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वित्तीय संस्था बनेको छ । सो संस्था आर्थिक वर्ष सकिएको तीनदिन भित्रैमा वित्तीय विवरण सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष वर्ष २०७७।०७८ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ७० करोड दुई लाख ४० हजार ४०१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६ गुणा बढेको हो । गत आर्थिक वर्षमा बैंकले जम्मा ११ करोड ९७ लाख १९ हजार रुपैयाँ यस्तो नाफा आर्जन गरेकोमा य वर्ष उल्लेख्य बृद्धि भएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९२ प्रतिशत बढेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी २२.८३ प्रतिशत बढेको छ । बैंको इम्पेरमेन्ट चार्ज ५५.८७ प्रतिशत घटेको छ । जसले गर्दा सञ्चालन मुनाफा ३३४.२२ प्रतिशत बृद्धि हुँदा कामना सेवा बैंकले चमत्कारिक प्रगति गर्न सफल भएको हो ।

गत वर्ष कोरोना महामारीका प्रभावमा बैंकको मुनाफा खुम्चिएकोमा गत आवमा बैंकले कोरोना महामारीकै बीचमा चमत्कारिक सुधार गर्दै शेयरधनीहरुलाई मनग्य लाभांश दिन समेत सक्षम बनेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक वर्षमा ४३ करोड ४५ लाख रुपैयाँ धनात्मक भएको छ । कूल चुक्ता पुँजि दुई अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३२ रुपैयाँ चुक्ता पुँजि भएको बैंकले सो मुनाफाबाट १६.३८ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्षम हुने देखिएको छ ।

नाफा बृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी पनि २ रुपैयाँ १६ पैसाबाट बढेर २६ रुपैयाँ ४० पैसा पुगेको छ । त्यसैगरी, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसाबाट बढेर १४८ रुपैयाँ ६१ पैसा पुगेको छ । समीक्षा अवधीमा बैंकको निक्षेप ३९.३२ प्रतिशत र कर्जा ४९.७७ प्रतिशत बृद्धि हुँदा व्यवसाय समेत विस्तार भएको तथ्याङ्कले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*