नबिल बैंकले साउन १० गतेदेखि ऋणपत्र निष्काशन गर्दै, ८ प्रतिशत ब्याज पाइने

३ श्रावण २०७८, आईतवार ११:४२

काठमाडौँ । नविल बैंकले साउन १० गते देखि वार्षिक ८ प्रतिशत ब्याजदर दिने ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ७ बर्ष अवधिको ८ प्रतिशत नबिल डिबेन्चर २०८५ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ । सो ऋण १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारण र बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता संस्थागतका लागि बिक्री गर्नेछ । ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गते र आवेदनन परेको खण्डमा २४ गतेसम्म थप हुने कम्पनीले जनाएको छ ।

नबिल बैंको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*