सुनको भाउ ६ सय रुपैयाँले घट्यो, कति छ तोलाको भाउ ?

३ श्रावण २०७८, आईतवार १२:०३

काठमाडौं । आईतवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो साता शुक्रवारको तुलनामा ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो साताको शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय मा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार १ सय मा कारोबार भएको छ । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो साताको शुक्रबारको तुलनामा आइतवार चाँदीको मूल्य २५ ले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*