एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा

३ श्रावण २०७८, आईतवार १२:१८

काठमाडौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ।बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा आएको हो ।

बैंकले आफनो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा आएको हो ।

तीन वटै कम्पनीको शेयर खरीदको लागि न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तीन कम्पनीको लिलामी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*